पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंकलाई बसको चाबी बुझाउने क्रम जारी राखेको छ ।
कम्पनीका पदाधिकारीले बुधबार पोखरामा रहेका ८ बैंकलाई ६५ वटा गाडीको कागजात र चाबी बुझाएका छन् ।
बुधबार व्यवसायीले मेगा बैंकमा १८, कामना बैंकमा १७, सिद्धार्थ बैंकमा १४ र सांग्रिला बैंकमा १६ वटा गाडीको चाबी बुझाएका छन् ।
http://googlepokhara-com.stackstaging.com/baglung-news-3/
यसअघि एनएमबीमा ३०, मुक्तिनाथ विकास बैंकमा २५, प्राइममा १७, गरिमा बैंकमा १८ वटा गाडीको चाबी बुझाइएको थियो ।
अहिलेसम्म १५५ वटा गाडीका कागजात सहित चाबी बैंकमा बुझाइसकेको कम्पनिका अध्यक्ष योगेन्द्र बहादुर केसिले जानकारी दिए ।
पृथ्वी राजमार्गका १४ सय गाडीमा बैंक तथा वित्तीय संस्थाको अनुमानित ६ अर्ब लगानी कम्पनीको भनाइ छ ।
कोरोनामा महामारीमा किस्ता र ब्याज तिर्ने समयावधि बढाउन माग गर्दै बैंकमा चाबी बुझाइएको अध्यक्ष केसीले बताएका छन् ।

http://googlepokhara-com.stackstaging.com/covid-16423/
सरकारले साउन ७ गतेसम्म लकडाउन घोषणा गरेको छ । तर, साउन ७ गतेपछि पनि मापदण्ड तयार पारेर सार्वजनिक बस चल्ने वातावरण नमिलाए चुप लागेर नबस्ने र सडकमा गाडीहरु निकाल्ने कम्पनिले चेतावनी दिएको छ ।



