पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले कोरोना भाइरसका कारण उत्पन्न कठिन परिस्थितीमा व्यवसायको पुनरुत्थानका लागि सरकारको समन्वयकारी भुमिकाको खोजि गरेको छ ।
पोखरामा पत्रकार सम्मेलन गर्दै परिषदले विदेशमा जस्तै सम्पुर्ण दायित्व बहनको माग त गरेन, तर सृजित समस्याहरुको समाधान र आर्थिक पुनरुत्थानका प्याकेजहरुलाई पर्यटन व्यवसायमैत्री बनाउनका लागि आवाश्यक समन्वय गरिदिनु पर्ने उल्लेख गर्यो ।
http://googlepokhara-com.stackstaging.com/hotel-sangh-pokhara/
परिषदका अध्यक्ष चिरञ्जीवि पोखरेलका अनुसार संघ सरकारको बजेटमा कोभिड १९–प्रभावित व्यवसायका लागि व्यवस्था गरिएको रु.१ खर्वको पुर्नकर्जा कोष र रु.५० अर्वको व्यवसाय संचालन कोष पुर्णरुपमा समानुपातिक र सरलिकृत गरिनु पर्दछ । कर्जाको सिमा अधिकतम रु.१० करोड र यो सुविधाको समयावधि न्युनतम ३ वर्ष राख्न अध्यक्ष पोखरेलले माग गरे ।
बैक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तत्काल तिर्न सक्ने अवस्था नरहेकाले त्यसको समयावधि कम्तिमा पनि २ वर्ष थप गर्ने गरि कर्जाको भुक्तानी तालिकालाई पर्नुतालिकीकरण गर्न परिषदले आग्रह गरेको छ ।
http://googlepokhara-com.stackstaging.com/sankalpa-prastab/
नेपाल राष्ट्र बैकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथामिकता दिन र गण्डकी प्रदेश सरकारद्धारा विनियोजित रु.१ अर्वको व्यवसायीक जीवन रक्षा कोषको अधिकतम सिमा रु.१० लाख तोकी सवै व्यवसायीहरुको पहुँचमा पुर्याउन परिषदले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार