पछिल्लो समय तीज नजिकिदै गर्दा बिभिन्न गीतसंगीतहरु बजारमा आउने क्रममा चलिरहेको छ । कोरोना प्रभावले गीत संगीतलाई पनि प्रभाव पारेको बताउँदै आएका संगितकर्मीहरुले पछिल्लो समय जोखिम मोलेरै भएपनि आफ्ना गीतहरु बजारमा ल्याउन थालेका छन् ।
यसै क्रममा मैना रेश्मी मगरको मर्मस्पर्शी तीज गीत ‘निस्की मेरो घर देखी’ बजारमा आएको छ । एउटी नारीले सन्तान नपाउँदाको पारिवारीक पीडा र तनावको बिषयलाई लिएर गीत बनेको गायीका तथा मोडल मगर बताईन् ।

अझैपनि समाजमा सन्तन नहुनु भनेको नारीकै दोष भन्ने सोच बाँकी रहेको भन्दै यस प्रकारको गीत संगीतले समाजमा चेतना जगाउने उनको बिश्वास छ ।
गीतमा मैना रेश्मी मगरका साथै चन्द्र शर्मा, खेम सेन्चुरी, सुनितामी मगरको स्वर रहेको छ । गीतको शब्द नेत्र अर्यालले लेखेका हुन्, भने लय खेम सेन्चुरीको रहेको छ ।
भिडियोमा स्वयम मैना रेश्मि मगरको पनि अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार