नेपाल पर्वतारोहण संघले लकडाउनको समयमा कर्मचारीहरु निस्कासन गरेपछि अन्तराष्ट्रिय पर्वतिय संग्रहालय पोखरामा कार्यरत कर्मचारीहरु विरोधमा उत्रिएका छन् ।
विनाकारण हटाईएका कर्मचारीलाई पुनर्वहालीको माग गर्दै उनिहरु सहित अन्य कर्मचारीहरु विरोधमा उत्रिएका हुन् । संघले प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्दुराकार, सचिवालय अधिकृत सामा श्रेष्ठ, प्रशासकीय अधिकृत ऋषिराम पौडेल र सहायक म्युजियम क्युरेटर राजन जोशीलाई सेवाबाट हटाएको पत्र ठमाएको थियो ।
निस्कासन गरिएका कर्मचारीहरु मध्ये जिनेश सिन्दुराकार र सामा श्रेष्ठ काठमाडौं तथा ऋषिराम पौडेल र राजन जोशी अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा कार्यरत थिए । सेवाबाट हाटाईएका प्रशासकीय अधिकृत पौडेलले संस्थाको नेतृत्व निरङ्कुस शैलीमा अगाडी बढेको बताए ।

उनले आफ्नै शब्दमा भनेका छन्, “जंगलीशैलीमा निर्णय गरिएको छ, आफुलाई कुनै पनि कारणको जानकारी दिईएको छैन्, सोधपुछ, स्पष्टिकरण आदिका कुनैपनि मौका दिईएको छैन्, आवश्यक नपरेको खण्डमा कुनैपनि कर्मचारीलाई कारण सहित वा विना कारण हटाउन पाउने संघको नियमानुसार हटाईयो भन्नु नेपाल सरकारको श्रम ऐन विपरित हो ।”

http://googlepokhara-com.stackstaging.com/covid-16168/

राज्यको नियम कानुन भन्दा माथी भनेर दम्भ देखाउने प्रवृति कुनै हालतमा स्विकार्य नहुने उनले चेतावनी दिएका छन् ।करारका कर्मचारीलाई निरन्तरता दिएर स्थायी कर्मचारीलाई निस्कासन गरिनु न्यायसंगत नभएको सहायक म्युजियम क्युरेटर राजन जोशीले बताए । संग्रहालय विज्ञका रुपमा नियुक्त गरिएका जोशिले आफुलाई एकाएक अवकासको पत्र ठमाईनुले यसको छवि माथै नै प्रश्न उठ्ने अवस्था सृजना भएको बताए ।
निस्कासन गरिएका कर्मचारीहरुलाई पुनर्वहाली नगरिए कडा आन्दोलन गर्ने संघमा कार्यरत कर्मचारीहरुले चेतावनी दिएका छन् । तर, अन्तराष्ट्रिय पर्वतिय संग्रहालय पोखराका कार्यकारी निर्देशक शंकर बहादुर गौतमले भने निरन्तर आन्दोलन भए संग्रहालय सार्ने योजनामा संघ रहेको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार