नेपाल आयल निगमले २१ वटा दुर्गम जिल्लामा प्याक्ट विक्रेता नियुक्त गर्न आवेदन माग गरेको छ ।
सरकारले दार्चुला, मुगु, बझाङ, दैलेख, डोल्पा, कालीकोट, जाजारकोट, बाजुरा, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, रुकुम पूर्व र पश्चिम, खोटाङ, रोल्पा, संखुवासभा, भोजपुर, ओखलढुंगा अछाम र सोलुखुम्बु जिल्लामा निगमले प्याक्ट डिपो सञ्चालन गर्न दिने जनाएको छ ।
ड्रममा राखेर तीन हजार तथा चार हजार लिटरसम्म पेट्रोलियम बिक्री गर्न पाइन्छ । देशभर हाल ११० वटा प्याक्ट विक्रेता रहेको निगमले जनाएको छ ।




