पृथ्वी राजमार्ग बस संचालक कम्पनिले बैकंको किस्ता निर्ते समय ६ महिना थप नगरिए तालाचाँबी नै बुझाउने चेतावनी दिएको छ ।
पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरि संकटपुर्ण अवस्थामा बैंकको किस्ता तिर्ने समय ६ महिना थपका लागि आवाश्यक सहजिकरण गरिदिन सरकारसंग माग गर्दै कम्पनिले सो चेतावनी दिएको हो ।
बन्दाबन्दिको अवस्थामा कुनै हालतमा किस्ता तिर्न नसकिने र तत्काल यातायात संचालन गरिए पनि सवारी सडकमा निकाल्ने अवस्था नरहेको कम्पनिका अध्यक्ष योगेन्द्र बहादुर केसिले बताए ।
बैक तथा वित्तिय संस्थाहरुले व्यवसायीहरुलाई कर्जा तिर्न बाध्य बनाउने खालका मानसिक तनाव दिने कार्य जारी रहेकाले त्यस्तो कार्य तत्काल बन्द गर्न अध्यक्ष केसिले माग पनि गरे ।
कर्जा तिर्ने अवस्था नरहेपछि व्यवसायीहरु लगानी फिर्ता लिने स्थितीमा पुगेको यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रिय उपाध्यक्ष ऐन कुमार शाहीले बताए । उनका अनुसार यातायातमा ७० प्रतिशत लगानी वित्तिय संस्थाको रहेको छ भने, ३० प्रतिशत लगानी व्यवसायीहरुको रहेको छ ।
व्यवसायीहरुले किस्ता तिर्ने समयका विषयमा सरकारले पुर्नविचार नगरे र बैंक तथा वित्तिय संस्थाहरुले तारन्तार घचेट्दै गए आफ्ना सम्पुर्ण कागजात सहित तालाचाँबि समेत बुझाउने चेतावनी दिएका छन् ।
२१ गते सम्म कागजात र तालाचाँबी संकलन गर्ने र बैक तथा वित्तिय संस्थालाई बुझाउने उनिहरुको तयारी छ । बन्दाबन्दिका कारण ३ लाख यात्रुवाहक सवारी, ६० हजार मालवाहक सवारी, १२ लाखको प्रत्यक्ष रोजगारी र ४० लाख मानिसहरुको प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी प्रभावित बनेको व्यवसायीको भनाई छ ।




