गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला (रुपक) ले स्वास्थ्य बिमा कार्यक्रमको व्यवस्थापनमा समस्या रहेको टिप्पणी गरेका छन् ।
प्रदेशसभामा विनियोजन विधेयकको विषयगत छलफलमा भाग लिदै सभापति कोईरालाले स्वास्थ्य बिमाको व्यवस्थापनमा समस्या हुदाँ लक्षित वर्गको पहिचान हुन नसकेको टिप्पणी गरे ।


साथै उनले खेलकुदका प्रदेशस्तरिय भौतिक संरचनाहरु निर्माणका लागि आवाश्यक लगानी जुटाउन नसकिएको तर्क गरे । एकै कार्यक्रमका फरक शिर्षक भएका कारण कृषिमा प्रभावकारी काम गर्न नसकिएको उनले बताए ।
ताल भनेको फेवाताल र पर्यटन भनेको होमस्टे भन्ने मानसिकताबाट बाहिर आउनु पर्ने तर्क गर्दै उनले समग्र प्रदेशको पर्यटन विकासका लागि समानुपातिक विकासमा जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार