स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजना शुभारम्भ गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय धान दिवसका अवसरमा आयोजित एक कार्यक्रममा सहभागिता जनाएका छन् ।
सो अवसरमा उनले प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको बताए । प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक रहेको मुख्यमन्त्री गुरुङ्को भनाई रहेको छ ।

प्रदेश सरकारको सहयोगमा गोठिङ फाँटका १ सय २४ किसानको करिब १ सय १० रोपनी जमिन चक्लाबन्दी गरिएको छ । चक्लाबन्दिमा किसानहरुले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् ।
धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएको हो । प्रदेश र स्थानीय सरकारले त्यहाँका किसानलाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।




