गण्डकी प्रदशेको अर्थ तथा विकास समितिका सभापति दिपक कोईराला रुपकले निर्वाचन पुर्वाधार कार्यक्रमलाई उत्पादन र रोजगारीसंग जोड्नु पर्ने आवाश्यकतामा जोड दिनुभयो । यसो गर्दा निजी क्षेत्रको सहकार्यलाई पनि ख्याल गर्नुपर्ने उहाँको तर्क छ । आधारभुत खानेपानी र उज्यालो प्रदेश लगायतका कार्यक्रमहरुको निरन्तरता सकारात्मक भएको उल्लेख गर्दै सभापति कोईरालाले प्रदेश स्तरिय बसपार्क र पोखरा बसपार्क लगायतका पुवार्धाधारका सम्बन्धमा बजेट सापेक्षति रुपमा समुचित र न्यायोचित वितरणमा समस्या देखएिको टिप्पणी गर्नुभयो ।


साथै कोईरालाले बजेटको सिद्धान्त र प्राथामिकता, सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्य, विनियोजन शिर्षक, रातो किताव वा कार्यक्रम र बजेट बिचमा अझै पनि समायोजन हुन नसकेको गुनासो गर्नुभयो । साथै उहाँले काम गर्ने कार्यशैलिमा परिवर्तन आवाश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, पेपर वर्कदेखी पेपर वर्कसम्म नो फिल्ड वर्क र उद्धघाटन देखी शिलन्यास सम्म नो टेवल वर्क गर्ने हो भने कार्यक्रमहरुले सहि दिशा र नतिजा दिनसक्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार