नेपालका २१ देखी ३० वर्ष उमेर समुहका मानिसमा कोरोना भाइरस बढि देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सो उमेर समुहका सबैभन्दा बढि ३ हजार ४ सय १४ जना संक्रमित भएका छन् । यस्तै दोस्रोमा ११ देखी २० वर्षका २ हजार १ सय ८७ जनामा कोरोना पुष्टि भएको छ ।

३१ देखी ४० वर्ष भित्रका १ हजार ९ सय ६१ जना संक्रमित हुदाँ ४१ देखी ५० वर्ष उमेर समुहका भने ८ सय ४० जना संक्रमित भएका छन् । ५१–६० उमेर समुहका २ सय ९१ जनामा कोरोना भाइरस पुष्टि भएकामा ०–१० उमेर समुहका भने २ सय ३७ जना बालबालिकाहरु संक्रमित भएका छन् ।
८० वर्ष माथीका ५ जनामा कोरोना भाइरस पुष्टि भएको छ भने ६०–८० वर्ष उमेर समुहका भने ९१ जना संक्रमित भएका छन् । तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमित हुनेमा युवाहरु बढि रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार