मुलुकमा कोरोना महामारीको संक्रमणसंगै बेथितिहरु मौलाएको भन्दै पोखरा ६ की शिरिष गुरुङले सुरु गरेको अभियानमा साथ पाउन थालेकी छन् । पोखराको सहिदचोक स्थित चौतारोमा एक्लै बस्ने गरेकी उनलाई केहि स्वतन्त्र युवाहरुले साथ दिन थालेका हुन् । ‘निदाएको नाटक’ गरिरहेको सरकारलाई उठाउन ‘एक दिन’ले मात्रै नपुग्ने उनको बुझाई छ । उनि भन्छिन्, जहिलेसम्म सरकार ब्युँझदैन, तबसम्म झक्झकाइराख्नुपर्छ । अन्यथा सुतिरहेको सरकारको मूल्य जनताले नै तिर्नुपर्छ ।’
बेथितिको अन्त्य र सरकारलाई नागरिक प्रति उत्तरदायी बन्न दवाव सृजना गर्ने उद्देश्यले एक्लै भएपनि सडकमा उत्रिएको उनले बताएकी छिन् । सरकारलाई जवाफदेही बनाउन एक्र्ल धर्ना बसेकी उनलाई अन्य युवाहरुले समेत साथ दिएपछि थप उर्जा थपिएको उनले बताएकी छिन् ।
उनी हरेक दिन १२ बजेदेखि ३ बजेसम्म इनफ इज इनफ लेखिएको प्ले कार्ड लिएर जिल्ला प्रशासन कार्यालय अघिको चौतारीमा एक्लै धर्ना बस्ने गरेकी छन् । कोरोना भाइरस नियन्त्रणमा सरकार संवेदनशील भएर लाग्नुपर्ने र त्यसका लागि जनस्तरबाटै दबाब दिनुपर्ने उनले बताएकी छिन् । यो कुनै दलगत स्वार्थ नभई समग्र नेपाल र नेपालीको भविष्यसंग जोडिए गुरुङले बताएकी छिन् ।




