गण्डकी प्रदेश सरकारद्धारा सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा विपक्षी दलहरुले आ आफ्नै टिप्पणी गरेका छन् । उनिहरुले सरकरको उक्त बजेटको आलोचना समेत गरेका छन् । जनता समाजवादीका प्रदेश सभासदस्य हरिशरण आचार्यले प्रदेशको बजेटलाई काजगको रकेटको संज्ञा दिए । जसको कुनै अर्थ रहदैन् ।
राष्ट्रिय जनमोर्चाकी प्रदेशसभा सदस्य पियारी थापाले समयानुकुल बजेट ज्याउन सरकार चुकेको टिप्पणी गरेकी छिन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले कोरोना विरुद्धको बजेट आएको टिप्पी गरे ।
तर, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ्ले टिप्पणी गरिएको जस्तो नभई परिस्थितीलाई सहिढंगले विश्लेषण गरि बजेट ल्याईएको बताए ।




