कोरोना भाइरस कोभिड १९ का कारण देशका अधिकांश ठाउँमा बिकास निर्माणका काम अलपत्र छन् । पछिल्लो समय सामाजिक दुरी कायम गरी बिकास निर्माणका काम सुरु भएका छन् । यसैबीच पोखरामा पोखरा रंगशाला निर्माणको काम लकडाउनका बेलामा पनि निरन्तर जारी छ । पोखरा रंगशाला निर्माणको काम ९५ प्रतिशत सकिएको निर्माण कम्पनीले जनाएको छ । तर कोरोनाको असरका कारण अझै केहि मजदुर हरु आफ्नै घरमा रोकिएका कारण कामको गती कम भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार