कोरोना भाइरस (कोभिड—१९) को कारण भन्दा देशमा अन्य समस्या बढ्न थालेको भन्दै पोखराका उद्योगी व्यवसायीहरुले लकडाउन खुकुलो पार्न माग गरेकाछन् । पोखरा उद्योग बाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै संघका अध्यक्ष दामु अधिकारीले कोरोना भन्दा मुलुकमा अन्य समस्या देखा परेकोले कोरोनासंग सामना गर्दै लकडाउनलाई खुकुलो पार्नुपर्ने माग गरेका हुन् ।

कोरोनाको रोकथाम लकडाउन मात्र अन्तिम उपाए नभएको बताएका अध्यक्ष अधिकारीले अब कोरोनासंग सामना गर्दै सावधानि र सतर्कता अपनाउदै सवै प्रकारका व्यवसायहरुलाई समय तालिका अनुसार विस्तारै संचालन गर्नुपर्ने माग गरे । सुरक्षा प्रबन्ध मिलाएर ओलोपालो रुपमा हाल ३० प्रतिशत जसो बजार खुल्ला पार्दैै लैजाने आफुहरुको चहाना भएको उनले जनाए । आन्तरिक राजश्व विभागको यही जेठ २५ गते भित्र कर तिर्न दिएको निर्देशन हाल आफुहरुले कुनै हालतमा पालना गर्न नसक्ने अबस्था रहेको पोखरा क्षेत्रका व्यवसायीहरुले पनि गुनासो गरेका छन्। चौतर्फी दबाब पछि विभागले असार ७ गतेसम्म आयकर, मूल्य अभिबृद्धि कर, अन्तःशुल्कको विवकरण र कर रकम दाखिला गर्न सुचना प्रकासन गरेको हो ।

गण्डकी प्रदेशका सांसद एवं संघका पूर्व अध्यक्ष विन्दुकुमार थापाले नोपलमा हाल निर्माण भएका क्वारेनटाइन कोरोना शंक्रमण फैलाउने उद्योगको रुपमा रहेको टिप्पर्णी गरे । कोरोना भन्दा जनता अब यही अबस्थामा अघि बढेको खण्डमा भोकले मर्ने उनले जनाए । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद, पश्चिमाञ्चल होटल संघ लगायतका संघ संस्थाले संस्थागत रुपमा विभागले दिएको निर्देशन अनुसार असार मसान्तरसम्म कर तिर्नु म्याद थप गर्न माग गरेकाछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार