पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगीताको उपाधिका लागि भिड्ने दुवै टिमका प्रशिक्षक र क्याप्टेनहरुले जितको दावा प्रस्तुत गरेका छन् । शनिबार पोखरा रंगशालामा हुने फाईनल प्रतियोगीतामा विभागीय टिम नेपाल पुलिस क्लव र नेपाल आयल निगम मनाङ् र्मस्याङ्दी क्लव भिड्दैछन् । फाईनल भिडन्त पुर्व आयोजित प्री–म्याच कन्फे्रन्समा उनिहरुले सो दावी गरेका हुन् ।

धरानमा सम्पन्न बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगीताको उपाधि जितेर आएको मनाङले पोखरामा जारी आहारारा गोल्डकपको उपाधि पनि आफुले नै उचाल्ने दावा गरेको छ । नेपाल पुलिस क्लवका खेलाडीहरुको तिव्रताका बीच आफुहरु आत्मविश्वासका साथ मैदानमा उत्रने मनाङ्का क्याप्टेन कमल श्रेष्ठले बताए । गत वर्षको उपविजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ १८ औं आहा रारा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश गरेको हो । मनाङका प्रशिक्षक फुजा टोपले पुलिस बिरुद्धको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरी जित निकाल्ने दाबी गरेका छन् ।

यसैबिच नेपाल पुलिस कलवका क्याप्टेन भरत शाहले विपक्षी टिमको स्ट्रेन्ठ र विकनेस नजिकबाट नियाल्ने मौका पाएकाले सोही अनुसार जितका लागि मैदानमा उत्रने दावी गरेका छन् । आफ्नो टिमको खेलमा समेत सुधार आइरहेको शाहले बताए । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफ्ना खेलाडीहरु जुनियर भएपनि खेलको ९० मिनेट एकै गतिमा खेल्ने विश्वास व्यक्त गरे ।

क्याभान सहित आहाराराको पाँच पटक उपाधी जितेको पुलिस र आहारारा गोल्डकपमा ५ पटक नै उपाधि जितेको मनाङ् बिच शनिबार आहाराराको ईतिहासमा १८ औँ र यि दुवै टोलिका लागि छैठौँ उपाधिका लागि कडा प्रतिष्पर्धा हुनेछ । प्रतियोगीताको विजेताले ट्रफि सहित नगद १० लाख १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक साहारा क्लवले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार