भुमि व्यवस्था तथा गरिबि निवारण मन्त्री पद्मा कुमारी अर्यालले आफु एकिकृत भुमि ऐन निर्माणको तयारीमा रहेको बताउनुभएको छ । पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भुमिको व्यवस्थापनका लागि आफु एकिकृत भुमि ऐन निर्माणको अन्तिम चरणमा रहेको बताउनु भएको हो । भुमि सम्बन्धि काम गर्ने क्रममा हुने बिचौलियाको सक्रियतालाई निस्तेज पार्नका लागि सेवालाई प्रविधिमैत्री बनाउनु पनेृमा उहाँले जोड दिनुभयो । मन्त्री अर्यालले नापी र मालपोतको सेवालाई निकट बनाउनु पर्ने आवाश्यकता औल्याउदै उहाँले सेवा लिने क्रममा जनतालाई दुख दिन नहुने बताउनुभयो ।
यसक्षेत्रमा आवाश्यक जनशक्ति अभावलाई अन्त्य गर्ने गरि आफु निरन्तर छलफलमा रहेको मन्त्री अर्यालले बताउनुभयो । कर्मचारीहरुलाई काम गर्ने क्रममा विभिन्न प्रकारका अब्जसहरु आउने गरेको उल्लेख गर्दै मन्त्री अर्यालले त्यसबाट बच्नका लागि चनाखो भएका काम गर्न निर्देशन दिनुभयो । उहाँले अनुचित काममा नफस्न, जनतालाई दिने सेवामा विलम्व नगर्न र सेवाका क्रममा गलत मनसाय नराख्न समेत सचेत गराउनुभयो ।
नाप नक्साका क्षेत्रमा क्रान्ति गर्नु पर्ने बेला आएको बताउदै उहाँले यसका क्षेत्रमा विद्यमान समस्याहरु क्रमस सुधार गर्दै जानु पर्ने बतानुभयो । अख्तियारका कर्मचारीहरु अहिले टोपि र कलममा क्यामेरा लिएर हिड्ने गरेको बताउदै उहाँले गलत मनसाय राख्नेलाई किमार्थ छुट दिन नसकिने बताउनुभयो ।




