ग्रामिण पर्यटन प्रवद्र्धनमा क्रियाशिल गाँउ पर्यटन प्रवद्र्धन मंच नेपाल (भिटोफ) र फेवा टेलिभिजनका बिचमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालको ग्रामिण पर्यटनको प्रवद्र्धनका खातिर भिटोफद्धारा संचालन गरिने विभिन्न गतिविधिहरुको थप प्रचार प्रसार गर्दै ग्रामिण स्तरमा रहेका नागरिकहरु आर्थिक सशसक्तिकरणमा टेवा प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको टेलिभिजनका कार्यकारी अधिकृत माधव पनेरुले बताउनुभयो । सम्झौतामा टेलिभिजनको तर्फबाट कार्यकारी अधिकृत पनेरु र भिटोफ गण्डकी प्रदेशका अध्यक्ष अवराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ । सो क्रममा बोल्दै भिटोफका अध्यक्ष अधिकारीले ग्रामिण पर्यटन प्रवद्र्धनमा यस सम्झौताको जगमा महत्वपुर्ण उपलब्धि हाषिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशका विकट तथा विकासका दृष्टिकोणले पछाडी परेका कतिपय ग्रामिण ईलाकाहरु पछिल्लो समय होमस्टे अर्थात घरबास कार्यक्रम मार्फत आत्मनिर्भर र अर्थोपार्जनको बाटोमा लागेका कारण तिनिहरुको थप प्रवद्र्धन आवाश्यक रहेको बताउनुभयो । यस्तै भिटोफका संस्थापक अध्यक्ष तारानाथ पहारीले ग्रामिण पर्यटन विकासका लागि आफुहरु प्रवद्र्धनात्मक रुपमा संगठित रुपले लागेपछि राज्यले पनि त्यसको आवाश्यकता महसुस गरि होमस्टेहरु संचालनको अवधारणा अनुसरण गरेको बताउनुभयो । जसका कारण ग्रामिण पर्यटन विकास र प्रवद्र्धनमा राज्यको उपस्थिती बढेको देखिन्छ ।

पछिल्लो समय फेवा टेलिभिजनसंग गरिएको यस सम्झौताले यसको विकासमा थप बढवा दिने विश्वास उहाँको छ । यस्तै टेलिभिजनका सिईयो पनेरुले भने पर्यटन प्रर्वद्धनात्मक भिटोफका हरेक कार्यक्रमहरुलाई नागरिक तथा सम्बन्धित निकायसम्म पुर्याई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास दिलाउनुभयो । भिटोफ ग्रामिण पर्यटनको सारथि पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार