गण्डकी प्रदेशको राजधानी पोखरामा गरिएको बजार बनुगमनका क्रममा उपभोक्ताहरु मुल्य र गुणस्तर दुवैमा ठगिने गरेको पाईएको अनुगमनमा सहभागी अनुगमनकर्ताहरुले बताएका छन् । बजार अनुमान गरिए जस्तो अनुसासित नरहेको उनिहरुको निष्कर्ष छ । प्रतिनिधिमुलक रुपमा गरिएको अनुगमनका क्रम उपभोक्ताहरु प्रत्यक्ष रुपमा मारमा परेको पाईएको उनिहरुको तर्क छ ।

उद्योग वाणीज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखरा, जिल्ला प्रशाासन कार्यालय कास्की, पोखरा महानगरपालिका, जिल्ला प्रहरी कार्यालय कास्की र उपभोक्ता मंच कास्की लगायतको सयुक्त अनुगमनका क्रममा बजारमा स्वस्थ उत्पादन तथा बिक्रिको अभ्यास नगरिएको पाईएको हो । बजारमा पाईने विभिन्न प्रकारका मिठाईहरुमा अखाद्य पदार्थको प्रयोग गरिएको, लेवलहरु नलागाईएको, उत्पादन मिति र उपभोग मिति समेत उल्लेख नगरिएको लगायतका कमजोरिहरु फेला परेको उपभोक्ता मंच कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताउनुभयो ।

बजारमा बढिरहेको अनुसासनहिनताका कारण यस्ता समस्याहरु पटक पटक दोहोरिने गरेका अधिकारीहरुको तर्क छ । विक्रीकर्ताहरुले सामान्य कुराहरुमा पनि ख्याल नगरेको, उपभोक्ताहरुको हितमा आवाश्यक सुझावहरु नदिईएको, लेवलविनमा सामाग्रीहरु विक्रीवितरण गर्ने गरेको लगायतका समस्या बजारमा पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख एंव खाद्य निरीक्षक प्रशाान्त पोखरेलले बताउनुभयो । उहाँका अनुसार बजार नियन्त्रण भन्दा बाहिर गैसकेको छ ।

व्यवसायी र उपभोक्ता दुवैले वस्तुको विनिमयका सम्बन्धमा आफ्नो अज्ञानताको सुधार नगरेको, बरु पटक पटक त्यसलाई दोहोर्याईरहेको उद्योग वाणीज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक गोकुल शर्मा पौडेलले बताउनुभयो । बजार सुधारका लागि उपभोक्ताको सचेतना अभिवृद्धिमा पौडेलले जोड दिनुभयो । नमुना रुपमा गरिएका यस्ता प्रकारका बजार अनुगमन र खबरदारीले दुवै पक्षलाई थप उत्तरदायी बनाउने र बजारको अनुसासन कायम गर्न मद्धत पुग्ने विश्वासहरु गरिएका छन् । अखाद्य पदार्थको मिसावट गरि तयार गरिने खाद्य पदार्थको विक्रीवितरणमा संलग्न जो कोही पनि कानुनको दायारामा आउने अधिकारीहरुको चेतावनी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार