साविक विजेता त्रिभुवन आर्मी क्लब पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिलापुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता आर्मीसँग एपीएफ, नेपाल पुलिस र हेल्प नेपाल समिफाइनलमा प्रवेश गरेको छ । आर्मीले एपीएफसँग खेल्नेछ भने पुलिसले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो ।
आर्मीले मणिमुकुन्द क्लवलाई २५–१९, २५–१८ र २५–१७ को सेटमा हरायो । यस्तै नेपाल पुलिस क्लवले नयाँबजार क्लवलाई तीन शुन्यकै सेटमा हरायो । जसमा पुलिसले नयाँबजारलाई २५–११, २५–१० र २५–१२ को सेटमा हरायो । तेस्रो क्वाटरफाइनलमा एपीएफले बुद्धटोल युवा भलिबल क्लवलाई तीन शुन्यको सेटमा पाखा लगायो । जसमा उसले बुद्ध टोलमाथि २५–१८, २५–१७ र २५–११ को सेटमा हरायो । अन्तिम क्वाटरफाइनलमा हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२० र २५–१९ को सेटमा पराजित गर्यो ।




