कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसिले मानव अधिकारको अवस्थामा उल्लेख्य सुधार आएको दावी गर्नुभएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकद्धारा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को पुर्व समिक्षा कार्यक्रममा तत्कालिन समयको जस्तो त्रासदीपुर्ण अवस्था अहिले पुर्ण रुपमा अन्त्य भएको उल्लेख गर्दै उहाँले नागरिकको मानव अधिकार रक्षामा सरकार पुर्ण प्रतिवद्ध रहेको बताउनुभयो । तिन तहका सरकारहरु मानव अधिकारका सवालमा आ(आफनै क्षेत्रबाट क्रियाशिल रहेको केसिले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय पोखराका निर्देशक दिपकजंग ध्वज कार्कीले नागरीकको नागरीक राजनीतिक अधिकार सहित सामाजिक सांस्कृतिक र आर्थीक अधिकारका बारेमा समेत सरोकारवालाहरु सचेत हुनुपर्ने बताउनुभयो । मापदण्डलाई घटुवा गर्नुपनि मानव अधिकार उल्लघंन ठहरिने उहाँले उल्लेख गर्नुभयो । गैसस महासंघका सचिव राम प्रसाद तिमिल्सीनाले अधिकारका सवालमा गठित सरकारी संयन्त्रहरुको आवाश्यक समन्वय प्रभावकारी नभएको र्तक गर्नुभयो । शािन्तका लागि नागरीक समाजको सजालका संयोजक बिष्णु बरालले मानव अधिकारको पुर्ण प्रत्याभुतिका लागि हुकुमी शासनको अन्त्य हुनुपर्ने बताउनुभयो । जिल्ला प्रहरीका कार्यालय कास्कीको महिला तथा बालकालिका सेलकी प्रमुख प्रहरी इन्सपेक्टर चन्द्रा गुरुङले मानव अधिकारका विषयमा स्तानिय जनप्रतिनिधिहरु थपचनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले वितेको एक वर्षमा कास्कीमा राज्य तथा गैरराज्यको तर्फबाट १ सय ८ मानव अधिकार उल्लघनका घट्नाहरु भएको जानकारी दिनुभयोे । मानव अधिकार रक्षाका सवालमा राज्य अझै कमजोर देखिएको उहाँले उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार