अखिल नेपाल फुटबल संघ एन्फाले पुरस्कारको प्याकेज घोषणा गरेको छ । जारी सहिद स्मारक ए डिभिजन लिगमा दर्शकको उपस्थिती न्यून भएपछि म.गलबार एन्फाले पुरस्कारको प्याकेज घोषणा गरेको हो । नेपाली फुटबलको सबै भन्दा ठुलो प्रतियोगिता सहिद स्मारक ए डिभिजन लिग जारी हुँदा समर्थकको साथ न्यून रहेको जनाएको छ । लिगमा दुई चरणका खेल सकिदा दर्शकको उपस्थिती न्युन रहेको एन्फाले जनाएको छ । हरेक खेल हेर्न आउने दर्शकलाई गोलाप्रथाको आधारमा दुई किसिमको पुरस्कार राखिएको जनाएको छ ।

पहिलो पुरस्कार प्रत्यक राउण्डपछि पाउने जनाइएको छ । दुई सयको टिकट किन्ने २० जना दर्शकलाई एन्फाले आकर्षक पुरस्कार दिने घोषणा गरिएको छ । पाँच सयको टिकट काट्ने ५ जना दर्शकलाई राष्ट्रिय टिमको जर्सी हस्तान्तरण गरिने जनाइएको छ । २०० को टिकटमा र ५०० को टिकटमा ५० जना गरि एक सय जनालाई नेपाल र चाइनीज ताइपेइविचको खेलको साधारण प्याराफिटको टिकट दिइने एन्फाले घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार