एपीएफ र आर्मी क्लव महिला फुटबलको उपाधिका लागि आम्ने साम्ने हुने भएका छन् । प्रधानसेनापती कप महिला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लव र एपीएफ भिड्ने पक्का भएको हो । नेपाली यू–१५ महिला फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा भुटानको यू–१५ टिमलाई सोमबार ६–१ गोल अन्तरले पराजित गरेको हो । नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक पुरा गरिन् । कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोलको योगदान गरिन् । भुटानकी कप्तान डिकी लाजोमले एक गोल फर्काईन् । नेपालले भुटानसँग बुधबार दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ । यस अघि भएकोे खेलमा एपीएफले नेपाल पुलिसलाई ५–२ गोल अन्तरले हराएको थियो ।




