सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाले बराबरी खेल्दै अकं बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एपीएफ र शेर्पाले १(१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा शेर्पाले सुरुवाती अग्रता बनाएको थियो ।
खेलको ४७ औं मिनेटमा त्रिदेभ गुरुङले गोल गर्दै शेर्पालाई अग्रता दिलाएका थिए । तर, पहिलोपटक दुई विदेशी खेलाडीसहित मैदान उत्रिएको शेर्पाले उक्त अग्रता धेरै बेर जोगाउन सकेन । खेलको ५८ औं मिनेटमा आशिष लामाको क्रसमा प्रविन कुमार स्याङतेनले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । खेलमा शेर्पाका त्रिदेभ म्यान अफ दि म्याच चुनिए ।




