२०७२ सालमा आएको विनाशकारी भूकम्पले धेरै जन धनको क्षेतिसंगै नेपालका ऐतिहासिक तथा पुरातात्विक बस्तुको समेत क्षेति पुग्यो तर नेपाल सरकारले विभिन्न कारणले गर्दा सरकारले समयमै मर्मत संहार गर्न सकेको छैन्। धेरै नेपालीहरुको चासोको बिषय रहेको छ की संघिय राजधानि काठमाण्डौंको सुनधाराबाट धरहरा बढेर राजधानि अवलोकन गर्ने । माटो, मास, सुर्कि लगायतका बस्तुबाट भिमसेन थापाले निर्माण गरेको धरहरा जब भूकम्पले भत्कायो त्यस पछि त्यसलाई पुनः निर्माण काठमाण्डौं महानगर र पुरातात्विक बिभागले चासो देखाए पनि त्यसलाई केही बर्ष काम अघि बढाउ नसके पछि विगत एक बर्ष अघि देखि राष्ट्रिय पुनः निर्माण प्रधिकरणले उक्त निर्माण प्रकृतिालाई अघि बढाएसंगै निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरमा ६ वटा विभिन्न कम्पनी मध्य नेपाली र चीनको ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश भएको जीआईटिसी— रमन जेभीले उक्त प्रोजेक्ट निर्माण गर्ने जिम्मा पाएको हो । धरहरा निर्माण कार्य हाल तिव्र गतिमा अघि बढेको छ । आगामी करिब एक बर्ष (सन् २०२० को ६ अक्टुवर) भित्र सकिने गरी काठमाण्डौं धराहरा अत्याधुनिक प्रविधिमा २२ तलाको निर्माण हुने गरी हाल निर्माण कार्य तिव्र पारिएको राष्ट्रिय पुनः निर्माण प्रधिकरणका विज्ञ राजुमान मानन्धरले बताए ।

उक्त भौतिक संरचनाको करिब ३२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको विज्ञ मानन्धरले बताए । हाल सम्म उक्त प्रोजेक्टमा ७० करोड ३१ लख रुपैया खर्च भएको उनले बताए । ६१ करोड निर्माण कम्पनीले मोवीलाइजेशन रकम प्रारम्भिक चरणमा प्राधिकरणबाट लिएको छ । एक बर्ष अघि (सन् २०१८ को अक्टुबर ७ तारिख) देखि धरहराको निर्माण कार्य सुरु भए पनि हालसम्म भिम सेन थापाले निर्माण गरेको उक्त धरहराको पहिलाको रुवरुप नयाँ प्रविधिलाई प्रयोग गरी हरेक तलामा पहिलाकै जस्तै झ्याल रहने भएको विज्ञ मानन्धरले बताए । ठुलो क्षेत्रमा तार वार लगायर भित्र काम गर्नु परेकोले गर्दा स्थानियले बाटो खुलाउन माग गर्दै आएकाछन्। खिचापोखरीका स्थानिय टुडिखेल जाने बाटो धरहरा हुदै भएकोले स्थानियले बाटो खुलाउन माग गर्दै आएका हुन्। अत्याधुनिक प्रविधि ढलान (कंक्रिट) मा अण्डरग्राउण्ड (भुइतला) २ सहितको धराहरा २२ तले पुरानै शैलिनमा नयाँ संरचनामा निर्माण गरिने भएको छ । भुकम्प प्रतिरोधात्मक निर्माण हुने उक्त धरहराको तेश्रो तलासम्मको ढलान कार्य सम्पन्न भएको विज्ञ मानन्धरले बताए । उनका अनुसार हरेक १५ दिनमा एक तला ढलान गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढेको छ । काठमाण्डौं मलसंगै जोडिएकोले उक्त पोजेक्ट निर्माणको क्रममा मलको केही चोसो परेको भाग भत्काउनु पर्ने भएको छ । उक्त प्रोजेक्टको लागि हाल दैनिक जसो १ सय ५० देखि २ सय ५० जना मजदुर प्रयोग भएको उनले जनाए । उक्त प्रोजेक्टमा प्रयोग हुने करिब ९० प्रतिशत नेपाली उत्पादन भएको विज्ञ मानन्धरले बताए । ३ अर्ब ८ करोडको उक्त प्रोजेक्टमा करिब २ सय ७० वटा पाइरिङ पिलर रहने भएकाछन्।

उनले भने “ यो हामी नेपालीको ऐतिहासिक र पहिचान भएको धरहरा, अब यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्छ, धरहराको दिगो विकासको लागि धरहराको आम्दानीले नै धरहराको मर्मत संहार गर्नु पर्छ ।” धरहरा क्षेत्र भित्र रहेको सुन धाराको समेत संरक्षण गरिने भएको विज्ञ मानन्धरले बताए । हाल सुन धाराको भागलाई तार वारले ढाकिएको छ, पहिलो चरणमा धरहरा निर्माण कार्य सकिएसंगै दोश्रो चरणमा त्यसको संरक्षण गरी धाराबाट पानी आउने गरी निर्माण गनिरे भएको छ । धरहराको टुप्पोसम्म जान दुई वटा लिफ्टको व्यवस्था गरिने भएको छ भने फलामै भर्याङ समेत रहने भएको छ । प्रति लिफ्ट एक पटकमा १० जनाको क्षमताको हुने भएको छ । मासिक हाल करिब ९ करोडको खर्च भएकोमा आगामी एक बर्ष भित्र उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २० करोड भन्दा बढी खर्च गर्नुपर्ने उनले सुझाव दिए ।

८० मिटर अग्लो उक्त धरहरा निर्माण भए पश्चात काठमाण्डौंको अधिकांश भाग देखिने र एकै पटकमा २२ तले धरहराको माथिल्लो टावरबाट ४५ जनाले अवलोकन गर्न सकिने ढंगले संरचना निर्माण गर्न लागेको विज्ञ मानन्धरले जनाए । करिब साँढे ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त धराहरासंगै आकर्षक पानीको फोहोरा सहितको बगैँचा, रेस्टुराँ, प्रार्किङ, नेपालका भौलिक झल्कने बस्तु सहितका हस्तकलाको सामानहरुको बिक्रि कक्ष सहितको भौतिक संरचना निर्माण हुने भएको उनले जनाए । टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर सङ्ग्रहालय समेत राखिने भएको छ । करिब एक बर्ष अघि अर्थात २०७५ साल पौष २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको शिलान्यास गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार