राष्ट्रिय सभा विपक्ष दलका नेतादोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको तेस्रो साताबाट हुने भएको छ । आयोजकले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको १५ गतेबाट माघ ४ गतेसम्म आयोजना हुने जानकारी गराएको छ । इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिता इनरुवा रंगशालामा हुने छ । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल १५ खेल हुनेछ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र स्थानीय टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी गराउनुभयो । यस्तै प्रतियोगिता खेल्न मलेसियाको राष्ट्रिय क्रिकेट टिम आउने छन् । प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले ३०–३० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार