जापानीज फुटबल लिग खेल्ने मिश्रीत टिम विरुद्ध नेपालको निलो टिम चार शुन्यले पराजित भएको छ । भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टिमबिरुद्ध जापानीज टिमले ३० औं मिनेटमा पहिलो गोल गर्यो । उसका लागि आरासी तामासिरोको पासमा मासिको सुगिताले गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलले पछि परेको नेपाल निलो टिम दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । जसमा ४९ औं मिनेटमा सुगिताले नै जापानीज टिमका लागि दोस्रो गोल गरे । उनले नेपालको डिफेन्स र गोलकिपर अगाडी बढेको मौकाको फाइदा उठाउँदै खाली पोष्टमा गोल गरे ।

त्यसपछि ६२ औं मिनेटमा जापानीज टिमले गोल गर्दै अग्रता तीन शुन्यमा पुर्यायो । त्यसपछि ७३ औं मिनेटमा नेपालले चौथो गोल खायो । उसका तोसीकी सासाकीले उत्कृष्ट गोल गरे । निकै चिसो मौसम र मैदानपनि हिलाम्य भएका कारण दुबै टिमका खेलाडीलाई खेल्न निकै असहज भएको थियो । नेपालको निलो टिमले त्यसपछि खेलमा फर्कन सकेन र पराजित भयो । अब जापानको टिमले आइतबार मनाङको टिमसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार