साग अन्तगर्त एथ्लेटिक्समा शुक्रबार पाँच हजार मिटर दौडमा नेपालले स्वर्ण जितेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएको दौडमा नेपाली धावक गोपी चन्द पार्की १४ मिनेट ६४ दशमलब २० सेकेण्डले निर्धारित दुरी पुरा गर्दै पहिलो भएका हुन् । यस्तै भारतका सुनिल दावा १४ मिनेट ५५ दशमलब २१ सेकेण्डमा दुरी पुरा गर्दै दोसे हुँदा नेपालकै हरि रिमाल १४ मिनेट ५७ दशमलब ०५ सकेण्डमा दौड पुरा गर्दै तेस्रो भए । सागमा गोपीको यो पहिलो स्वर्ण हो । यसका साथै एथ्लेटिक्स नेपालले दुई स्वर्ण जितेको छ । जसमा १० हजार मिटरमा महिला तर्फ सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी थिइन । यसैबीच नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही एक एक लाख रुपैयाँ दिने घोषणा गरेका छ । शुक्रबार पार्कीले स्वर्ण जितेपछि एथ्लेटिक्सका अध्यक्ष शाहले स्वर्ण विजेता खेलाडीलाई एक एक लाख रुपैयाँ दिने बताए ।




