१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले माल्दिभ्सलाई १ सय ९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९ दशमलव २ ओभरमा अल आउट हुदै ६५ रनमा समेटियो । माल्दिभ्सका ओपनर हमिद हसनले १० र अली इभानले १२ रन बनाए । माल्दिभ्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । बंगलादेशका तनवीर इस्लामले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए ।

मिनहाजुल अबिदीन अफ्रिदी र अफिप हुसेनले २–२ विकेट लिए । त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको थियो । बंगलादेशका ओपनर मोहम्मद नइम ३८, कप्तान सौम्य सरकार ४६, नजीमुल हसन सान्टो ४९, अफिफ हुसेन १६ र आसिर अलीले १२ रनको योगदान दिए । माल्दिभ्सका मोहम्मद महफुज, अजयान फ्रहथ र इबरहिम हसनले १–१ विकेट लिए । अव बंगलादेशले दोस्रो खेलमा शुक्रबार भुटानसँग खेल्ने छ । माल्दिभ्सले विहीवार श्रीलंकासँग प्रतिस्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार