पोखराको जिरो किलोमिटर नजिकै जिप दुर्घट्ना हुदाँ दुई जना गम्भिर घाईते भएका छन् । मालेपाटनदेखी जिरो तर्फ गैरहेको ग १ ज ६४७९ नं. जिप तिव्र गतिका कारण अनियन्त्रित भई दुर्घट्ना भएको हो । दुर्घट्नामा परि बर्दिया घर भई पोखरा ५ प्रस्र्याङ बस्ने वर्ष २१ का नरेश चौधरी र पोखरा २५ याम्दीका २० वर्षीय श्रवण राउत गम्भिर घाईते भएका हुन् । तिव्र गतिका कारण बिजुलीको पोलमा ठक्कर खाई सोही पोल गाडिमा बेरिएपछि उद्धारमा निकै समस्या परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा चेपिएका चौधरी र राउतको उद्धारमा झण्डै तिन घण्टा समय लागेको थियो । वक्सअपमा गाडी मर्मत तथा सफा गरेपछि टेष्ट ड्राईभका लागि मिस्त्री चैधरीले गाडी चलाएका बुझिएको छ । उनिहरु अहिले पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ । घाईते मध्य राउतको दुवै खुट्टा र दाहिने हात भाँचिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार