ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’ को अन्तिम चारमा दीप युनाईटेड,एलजी एशोसियसन, सँगम क्लब र नयाँगल्ली भेट्रान्स प्रवेश गरेको छ । पुरानो टुँडिखेलमा बिहिबार सम्पन्न क्वाटरफाईनलको पहिलो खेलमा दीप युनाईटेडले गार्डेन एफसीलाई १ का विरुद्ध २ गोलले पराजित गर्याे । दीपको जीतका लागि सुर्य गुरुङ र कृष्ण शाक्यले समान १/१ गोल गरे । भने गार्डेनका लागि विकास गुरुङले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट दीपका कृष्ण शाक्य म्यान अफ दि म्याच घोषित भए । एलजी र टे«डमल बीच भएको दोस्रो खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा एलजीले ३–२ को गोलले ट्रेडमललाई पराजित गर्याे । सो खेलबाट सुरज गुरुङ म्यान अफ दि म्याचको उपाधिबाट पुरस्कृत भए ।

त्यस्तै सँगम एफसी र लेकसाईड एफसी बीच भएको तेस्रो क्वाटरफाईनल खेल पनि २/२ गोलको बराबरीमा सकिएपछि सँगमले ट्राईबेकरमा ३–२ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । उक्त खेलबाट सुरेश गुरुङ म्यान अफ दि म्याच घोषित भए । अन्तिम क्वाटरफाईन खेलमा नयाँगल्लीले विश्वकर्मा सेवा समाजलाई १ विरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउदै सेमिफाईनलमा प्रवेश गरेको खेल संयोजक अञ्जन देवकोटाले बताए । उनका अनुसार नयाँगल्लीको जितमा नरेश केसीले ह्याट्रिक र बिजय गुरुङले १ गोल गरेका थिए । विश्कर्मा सेवा समाजको तर्फबाट राम कुँवरले सान्त्वना १ गोल फर्काएका थिए । सो खेलबाट नरेश केसी म्यान अफ दि म्याचको उपाधिबाट पुरस्कृत भए । शुक्रबार सेमिफाईनलका खेल र शनिबार फाईनल खेल सम्पन्न गरिने आयोजनकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार