नेपाली राष्ट्रिय क्रिकेट टोलिका नयाँ कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाल आज पहिलो पटक मैदानमा उत्रदै छ । मल्लको कप्तानीमा नेपालले अहिले केहिबेरमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल भ्रमणमा रहेको एमसीसीले टीयू क्रिकेट मैदानमा अहिले सवा नौ बजे आफ्नो दोस्रो खेलमा नेपालको सिनियर टिमसँग प्रतिस्पर्धा गर्न लागेको हो । हिजो भएको पहिलो खेलमा एमसीसीले नेपाली युवा टिमलाई ३८ रनले पराजित गरेको थियो ।
केही साताअघि पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली टिमले ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धा गर्न लागेको हो । पूर्वकप्तान पारस पनि यो खेलमा संगै खेल्नेछन् । बुधबारदेखि शुक्रबारसम्म तीन दिन नेपाली टिम र एमसीसीबीच तीन दिनवसीय फष्र्ट क्लास क्रिकेट खेल हुनेछ । त्यस्तै, सिनियर टिम र यू–१९ टिमको समिश्रणमा नेपालले एसीसीसँग कात्तिक २३ गते शनिबार टी–२० खेल पनि खेल्ने छ ।




