प्रशिक्षणका लागि विदेश गएको नेपाली महिला भलिबल टिम आज स्वदेश फर्कने भएको छ । नेपाली टिम आज साँझ सात बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने प्रशिक्षक जगदीश भट्टले जानकारी दिनुभयो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशको ढाकामा हुन लागेको एभीसी सेन्ट्रल जोन वुमन्स सिनियर भलिबलको तयारीका लागि नेपाली टिम थाइल्याण्डको बैंकक गएको थियो । बैंकक बसाईका क्रममा नेपाली महिला टिमले सात वटा टिमसँग अभ्यास खेल खेलेको छ ।
ति मध्ये नेपाल ४ खेलमा विजयी र ३ खेलमा पराजित भयो । यसैबिच नेपाली टिम आगामी बिहीबार एभीसी सेन्ट्रल जोन खेल्न बंगलादेश जाने छ । प्रतियोगिता शनिबारदेखि सुरु हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार