पोखरा महनगरपालिका वडा नं. ५ मा आजदेखी प्रथम वडा स्तरिय ब्याडमिण्टन प्रतियोगीता २०७६ सुरु भएको छ । नेपालीहरुको दोस्रो ठुलो चाड शुभदिपावली (तिहार) को अवसरमा स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ उक्त प्रतियोगीता आयोजना गरिएको वडा अध्यक्ष धन बहादुर नेपालीले जानकारी दिनुभयो । प्रतियोगीतामा १३ टोलीको सहभागीता रहेको छ । जनप्रतिनिधि सहित वडा भित्र रहेका २६ जना ब्यडमिण्टन खेलाडीहरुले प्रतियोगीतामा सहभागीता जनाएका छन् ।

१० गते सम्म चल्ने प्रतियोगीताको महानगरपालिकाको वडा नं. ३,५,७,८ र २१ नं. वडाका अध्यक्षहरुले सयुंक्त रुपमा उद्धघाटन गरेका संयोजक उज्ज्वख खत्रिले जानकारी दिनुभयो । प्रतियोगीतामा पहिलो हुनेलाई नगद रु.१० हजार, ट्रफि, मेडल र प्रमाणपत्र र द्धितिय हुने टोलीलाई नगद रु.७ हजार ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्रदान गरिने छ । यस्तै सेमिफाईनलमा पुग्ने दुई टोलीलाई नगद रु.२ २ हजार मेडल, प्रतियोगीताको उत्कृष्ट खेलाडीलाई नगद रु.२ हजार, मेडल र प्रमाणपत्र तथा जेष्ठ खेलाडीलाई समेत नगद सहित पुरस्कारको व्यवस्था गरिएको संयोजक खत्रिले बताउनुभयो । वडा कार्यालयका अनुसार वडाको खेलकुद विकासमा पछिल्लो समय वडा कार्यालय निष्ठाका साथ लागिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार