वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार लिगको ट्रफी चन्द्रागिरिमा सार्वजनिक गरिएको हो । बिहीबार हुने फाइनल विजेताले पाउने ट्रफी बुधबार बिहान चन्द्रागिरिमा लगिएको जनाइएको छ । फाइनलमा पुगेका चितवन राइनोज र क्याट क्वीन्स काठमाण्डौका कप्तानले चन्द्रागिरिमा ट्रफि सार्वजनिक गरेका हुन । ट्रफी सार्वजनिकपछि आयोजित पत्रकार सम्मेलनमा दुवै कप्तानले डव्ल्यूसीएलको पहिलो उपाधि आफ्नो टिमले जित्ने दाबी समेत गरेका छन् । काठमाण्डौकी कप्तान रुविना क्षेत्री र चितवनकी कप्तान इन्दू वर्माले ट्रफी सार्वजनिक गरेकी हुन । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि क्याट क्वीन्स काठमाण्डौ र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल बिहीबार त्रिवि मैदान कीर्तिपुरमा हुने छ । विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार