बुधबार विश्व खाधान्न दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । हरेक वर्षको अक्टोवर १६ तारिकमा विश्वभरि खाधान्न संकट र भोकमरिको विरुद्ध एक्यवद्धभई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । विश्व खाद्यान्न तथा कृषी संगठन एफ.ए.ओका अनुसार जलवायू परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न संकट नै हो । स्थानीय अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्यधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायूक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हुँदै जानू २१ औ शताब्दिको खाद्यान्न व्यवस्थापनको मुख्य चुनौति हो । सन् १९६० को दशकमा नेपाल संसारभरि चामलको छैठौ धेरै निर्यात गर्ने देशहरुमा पथ्र्ये तर विस्तारै नेपालमा कृषिकार्य ह्रास हुँदै गयो र आज नेपालले चामल लगायत धेरै कृषिजन्य उत्पादनहरु आयात गर्ने कार्यले शिखर चुमेको छ । तर, पनि नेपालका अधिकारीहरुले नेपालको कूल जनसख्याँको ८० प्रतिशत भन्दा बढि जनसंख्या निर्वाहमुखी कृषी व्यवसायमा रहेको बताएका छन् । कृषीयोग्य जमिनको खण्डीकरण र माटोको उत्पादन क्षमतामा ह्रास आएका कारण कृषी पेशा प्रतिको आकर्षण घट्दो क्रममा रहेको कतिपयको तर्क छ ।




