१३ औं दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली गल्फ टिम अभ्यासका लागि विदेश जाने भएको छ । चीन र थाइल्याण्डमा आयोजना हुन लागेका २ वटा अन्तराष्ट्रिय प्रतियोगिताका लागि नेपाली टिमलाई शनिबार काठमाडौमा विदाई गरिएको हो । नेपाली टिमले त्यसलाई सागको अभ्यासको रुपमा लिएको छ । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले विदाई गरेका थिए । प्रतियोगितामा सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, राहुल विक र रितेश तामाङले नेपालका तर्फबाट प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले २६देखि २९ तारिखसम्म चीनमा एसियन एमेच्योर गल्फ च्याम्पियनसिप खेल्ने छन् । त्यसपछि उनीहरु अक्टोबर १ देखि ४ सम्म थाइल्याण्डको बैंककमा एसियन एमेच्योर च्याम्पियनसिपमा खेल्नेछन् ।




