पोखरा १५ नयाँगाउमा क्रियाशिल नयाँगाउ यूवा क्लबको आयोजनामा प्रथम सेभेन ए साईड फूटबल प्रतियोगिता २०७६ हुने भएको छ । स्वास्थ्यका लागि खेलकूद राष्ट्रका लागि खेलकूद भन्ने नारामा साथ यहि असोज ३ गतेदेखि ८ गतेसम्म उक्त प्रतियोगिता गर्ने तयारी गरिएको क्लवका अध्यक्ष टोप बहादुर गुरुङ्ले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले नगद रु.१ लाख १ हजार १ सय पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद रु.५५ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ठ खेलाडीलाई रु ५ हजार, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर नगद रु.३ ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागी पोखरा १५ घर भई हाल युकेमा बस्दै आएका नेपालीहरुले प्रथम पुरस्कार प्रायोजन गरेका छन भने यू ए ई मा रहेका नेपालीहरुले उप विजेता पुरस्कारको प्रायोजन गरेका कार्यक्रमका व्यवस्थापक प्रितम गुरुङ्ले जानकारी दिनुभयो ।

प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं. १५ कार्यालय, पश्चिमाञ्चल खेलकूद विकास समिति, कास्की जिल्ला खेलकूद समिति, कास्की जिल्ला फुटबल संघ, संगम टोल विकास संस्था, प्रतिभा टोल विकास संस्था तथा आमा समूह, मिलन मार्ग टोल विकास संस्था तथा आमा समूह, संगम टोल आमा समूह, नागबेली टोल विकास संस्था, भ्याली स्पोर्टस क्लब, बुल्समेन क्लब, गलेश्वर क्लब लगायतका संस्थाहरुले विशेष सहयोग गर्नेछन् । प्रतियोगिताको मिडिया पार्टनरको रुपमा थ्री एञ्जल्स सामुदायिक रेडियो रहेको छ । करिब ८ लाख रुपैयाँ खर्च अनुमान गरिएको उक्त प्रतियोगीता मार्फत १ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । बचत ररकम खेलमैदानको स्तरउन्नती र खेलकूद विकासका लागि सामाग्रीहरु खरिद र एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ । प्रतियोगिता स्थानीय रेन्बो एकेडेमी होम्सको खेल मैदानमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार