विश्व फुटभली संघको निमन्त्रणमा मित्र राष्ट्र थाईल्याण्डमा आयोजना हुने थाईल्याण्ड वल्र्ड फुटभलि च्याम्पियनसिप २०१९ मा प्रतिस्पर्धा गर्न नेपाली फुटभलि टिम थाईल्याण्ड जाने भएको छ । थाईल्याण्ड जाने चार सदस्यीय टोलीलाई नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी “राम” तथा टोखा वडा नं. २ का अध्यक्ष दीपकराज जोशीले एक कार्यक्रमविच बिदाई गरे । थाईल्याण्ड जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा हरि महर्जन, टिम प्रशिक्षकमा निरञ्जन डङ्गोल र खेलाडी द्वयमा बुद्ध महर्जन र कुमार लवट रहेका छन् । टोलीलाई बिदाई गर्दै संघका अध्यक्ष जोशीले नेपालमा फुटभली खेलको सम्भावनालाई मध्यनजर गर्दै राखेपमा दर्ता रहेको फुटभली संघको नयाँ कार्यसमितिको चयन आगामी कार्तिक मसान्त भित्र गर्ने जानकारी गराए । उनले नेपाली टोलीलाई शुभकामना दिंदै दक्षिण एशियामा नेपालले जित हात पारिसकेको तथा एयिशन च्याम्पियनसिपमा निकैनै राम्रो प्रदर्शन गरिसकेको नेपालले यस विश्व च्याम्पियनसिपमा पनि आफ्नो छाप छोड्न सफल हुने बिश्वास लिएको बताए । विच भलिबल झै बालुवामानै हातको प्रयोग विना खुट्टाको माध्यमबाट खेलिने फुलभलि च्याम्पियनसिप अशोज १ देखि ४ गते सम्म आयोजना हुने छ । नेपाली टोली सोमबारनै त्यस तर्फ प्रस्थान गरेको छ ।
यसैबिच मित्र राष्ट्र ईन्डोनेसियाको योकर्ता सहरमा जारी २४ औं एशियन टेवलटेनिस च्याम्पियनसिपमा नेपाली पुरुष टिमले एक जित निकालेको छ । योकर्ता बाट टिम ब्यवस्थापक तथा प्रशिक्षक धर्ममान बज्राचार्यले जनाए अनुसार नेपाली टिमले तुर्किस्तानमाथि ३ । १ को जित निकालेको हो । जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए । अमरलाल लाल मल्ल भने पराजित भएका थिए । मेन्स टिम ईभेन्ट्सकै अर्को खेलमा भने नेपाल थाईल्याण्डसंग ३ । ० ले पराजित भएको छ । यस्तै महिला टिम ईभेन्ट्समा पनि नेपाल पराजित भएको छ । नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवालको टोली मकाउ र ईरान संग ३ । ० लेनै पराजित भएको प्रशिक्षक बज्राचार्यले जानकारी गराए ।




