युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बजेटका कारणले दक्षिण एसियाली खेलकुद (साग) लक्षित पूर्वाधार निर्माणका कामहरु नरोकिने बताएकाछन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आइतबार पोखरामा आयोजना गरेकोे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले सागको मिति नजिकीदै गर्दा अब बजेटको कारणले गर्दा कुनै पनि खेलपूर्वाधारको काम नरोकीने दाबी गरेकाहुन्।
धेरै काम गर्न परेको अबस्थामा खण्ड खण्ड गरी एउटा काम सकिने विक्तिकै पुनः अर्को कामलाई तिव्रता दिन उनले सुझाव दिए । कामको प्रकृतिको आधारमा रकम निकासा गरेर छोटो समयमा आवश्यक पूर्वाधार निर्माण गर्नुपरेको उनले जनाए । उनले भने “ असोज १० पछि साग लक्षित फुल फेजमा काम हुने छ, बैठक पश्चात हामीले स्थानिय ब्याबस्थापन सहजीकरण समिति समेत गठन गर्ने छौं ।” कार्तिक १५ को बोर्डर लाइन राखेर साग लक्षित खेलपूर्वाधार निर्माण कार्य हाल तिव्र पारिएको मन्त्री विश्वशर्माले बताए । काठमाण्डौं र पोखरामा हुने सागका खेलहरुको अधिकांश खेल पूर्वाधार कार्तिक १५ भित्र सकिने आफुहरुले आशा र विश्वास लिएको उनले जनाए । प्रचार प्रसारको भूमिकामा नेपाल खेलकुद पत्रकार मञ्चलाई जिम्मा दिने मन्त्री विश्वकर्माले बताए । साग लक्षित सवै पूर्वाधार निर्माणका कामलाई कार्तिक १५ गते भित्र सिमा निर्धारण गरेर अघि बढेको उनले जनाए ।
आइतबार पोखरा रंगशालामा निर्माण हुदै गरेका फुटवल स्टुडिएम सहितको भौतिक संरचनाको अवलोकन गर्दै मन्त्री विश्वकर्माले साग लक्षित खेलपूर्वाधार निर्माण हाल तिव्र गतिमा अघि बढाएको बताउदै असोज १० गते भित्र सागको मुल आयोजक समितिको बैठक बस्ने बताएका छन् ।
गत विहिबार मन्त्री परिषदको बैठकले १३ औं साग आयोजना ब्याबस्थापन संचालनको लागि कार्यविधि मस्यौदाको रुपमा मन्त्रि परिषदमा गएको मन्त्रीपरिषदबाट पारित भई सकेको उनले जनाए । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य समितिमा नयाँ खेलकुद विधयक गएको जनाउदै मन्त्री विश्वकर्माले नयाँ खेलकुद ऐन सदनमा रहेको बताउदै चालु अधिवेसनबाट उक्त ऐन पारित हुन नसकेमा अब लामो समय जिल्ला तथा क्षेत्रिय खेलकुद विकास समितिहरुमा रिक्तता नहुने बताए ।
यो परिस्थितीलाई हेरेर सुधार गर्ने लामो समय रिक्तता नदिने, विगतमा ५ विकास क्षेत्रमा क्षेत्रिय समितिलाई अब भने संघिय संरचना अनूरुप प्रादेशीक संरचनामा जाने भएको उनले बताए । प्रदेशको खेलकुदको विकासको लागि प्रदेशसले निती नियम बनाउने भएको छ । हाल जिल्लाको साउन १० देखि र क्षेत्रीय खेलकुद विकास समितिको भदौं १० देखि पदाधिकारीको कार्य अवधि सकिएको छ । हाल पदाधिकारी बिहिन हुदा केही महत्वपूर्ण कामहरु गर्दा आफुहरुलाई काम गर्न कठिनाई हुने गरेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जनाए ।
पोखरा फुटवल स्टुडिएम निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ई.दीपक बरालले मंसिर दोश्रो हप्ता भित्रै पोखरा फुटवल स्टुडिएम करिब ८÷१० हजार दर्शक सिट क्षेमताको फुटवल स्टुडिएम निर्माण गर्ने बताए । उनले भने “सकेसम्म हामीले निर्धारित समय सिमा भित्र १८ हजार सिट क्षमताकै फुटवल स्टुडिएम निर्माण गर्ने छौं , अन्यथा हामीले करिब १० हजार दर्शक सिट क्षमताको फुटवल स्टुडिएम निर्माण गर्ने छौं । ” पोखरा रंगशालामा हाल जर्मनबाट सेन्थेटिक ट्रायक मेट्रियलको (सामान) रंगशालामा भित्रिएको बरालले बताए । हाल ३ वटा कन्टेनरमा ६० टन उक्त मेट्रियल पोखरा रंगशालामा भित्रिएको उनले जनाए । फुटवल मैदानको गोलपोष्ट भन्दा पछिको डि—एरिया र फुट ट्याकमा सेन्थेटिक ट्याक राखिने भएको इ.बरालले जनाए । पिचको काम सकिएसंगै सेन्थेटिक ट्याक राख्ने उनले जनाए । केही दीनमा भारतको कोलकोक्ताबाट दुवो समेत ल्याउने तयारी भएको बरालले जनाए । पहिला ८ ट्याक भएकोमा हाल १० वटा ट्याक हुने उनले जनाए । १७ वटा सौचालन निर्माण हुदै गरेको इ बरालले जनाए ।
पोखरा रंगशालामा विभिन्न खेलपूर्वाधारसंगै पोखरा रंगशालाको सौन्दर्यता र सुद्ध पिउने पानीको समेत आफुहरुले ब्याबस्थापनमा लागेको राखेपका सदस्य राजेश कुमार गुरुङले बताए । उनका अनुसार हालसम्म करिब ११ हजार लिटर सुद्ध पिउने पानीको ब्याबस्था समेत मिलाईएको छ । मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार