द चादबाग गोजु (काई कराते अन्तर विधायलय प्रतियोगितामा नवज्ञान भुमि प्रथम भएको छ । बिहिबार काठमाडौमा सम्पन्न प्रतियोगीतामा चादबाग र बासबारी क्रमश द्धितिय र तृतीय भएका छन् । भाद्र १८ देखि चलेको प्रतियोगीतामा २५ वटा बिद्यालयका २०० बढी बिद्यार्थीहरुले सहभागिता जनाएका थिए । आइ.के.जी .ए का एसिया ब्लकका डेपुटी ब्लक डाइरेक्टर हिडेकि वाकासुगी र बरिस्ठ गुरु नाउतो सुगिउराको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रतियोगितामा बिजेता खेलाडी हरुलाई प्रमुख अथितिद्वय हिडेकि वाकासुगी र बरिस्ठ गुरु नाउतो सुगिउराले मेडल तथा ट्रफी वितरण गनु भएको थियो । त्यसैगरि उक्त कार्यक्रममा भारतको कर्नाटकमा आयोजित शिमोगा ओपन दोश्रो अन्तराष्ट्रिय कराँते च्यामपियनसीप २०१९का पदक बिजेता खेलाडीहरु र नेपालि टिमको नेतृत्व गर्नु हुने नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष अच्युतराज उप्रेतीलाई समानित गरिएको थियो भने गोजुकाइका महासचिब तथा प्रशिक्षक इन्द्र बहादुर शाही खड्गेलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी नेपाल गोजुकाइ कराते संघले २०१९ सेप्टेम्बर २१ देखी अक्टोबर ०१ सम्म फिलिपीन्सको सिबुमा आयोजना हुन गइ रहेको ठतज एसेफिक गोजुकाई कराते प्रतियोगिता तथा टेक्निकल सेमिनारमा सहभागीता जनाउने खेलाडीहरुको पनि छनौट गरेको जनाएको छ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गोजु काई करातेका खेलाडी मनिष तामाङ र अनुरती कार्की फिलिपिन्स जाने भएका छन् ।




