हङ वाङगी यू—डाईमण्ड एकेडेमि काठमाण्डौं र विभागिय टोली नेपाल पुलिस क्लव राष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा आज भिड्दै छन् । लामाचौर तीज महोत्सव २०७६ को अवसरमा आयोजित उक्त प्रतियोगितामा उपाधीका लागी न्यू—डायमण्ड र पुलिस आज दिउँसो दुईबजेपछि भिड्ने भएका हुन् । यस अघि भएको सेमिफाइनलमा जित हासिल गर्दै न्यू—डाईमण्ड र पुलिसले उपाधिको लागि भेट पक्का गरेका हुन् । नव आदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा इन्द्रराज्य लक्ष्मि माविको परिसरमा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा न्यू—डाईमण्डले घरेलू टिम गण्डकी प्रदेश र दोश्रो सेमिफाइनल खेलमा पुलिसले श्रीराम खेलकुद विकास समिति दाङलाई पराजित गर्दै फाइनलमा यात्रा बनाएका हुन् । पवित्र गणेश सप्लायर्स अन्तर मावि लोकनृत्य प्रतियोगितामा मेरी गोल्ड बोर्डिङ स्कुलले उपाधि जितेको छ । प्रतियोगितामा कुमुदीनि होम्स मावि दोश्रो, सुर्यदय बोर्डिङ स्कुल तेश्रो र प्रगति बोर्डिङ, सोसियल पब्लिक र सरस्वती आर्दश बिद्या आश्रमले शान्त्वना स्थान हासिल गरेकाछन्। उत्कृष्ट भेषभुषामा भने गण्डकी आवासिय माविले उपाधि जितेको होे । दि यूनाइटेड गोल्ड मार्ट तिज गित प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । महोत्सवमा ४० भन्दा बढी स्टलहरु रहेको समाजका अध्यक्ष कमलबहादुर थापाले बताए ।




