पोखरामा आगामी असोज ११ गते ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९’ हुने भएको छ । गोर्खा क्लासिक नेपालको आयोजनामा पहिलो संस्करणको ‘उमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप’ हुनेभएको हो । आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले शारीरिक सुगठन खेल प्रति महिलाहरुलाई प्रबेश गराउन र व्यवसायिक बनाउने लक्ष्य सहित च्याम्पियनसिपको आयोजना गरेको बताउनुभयो । उहाँले बिकिनी र फिजिक गरी दुई बिद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउनुभयो । उहाँका अनुसार फिजिक तर्फको बिजेताले नगद रु २ लाख प्राप्त गर्नेछ भने उपबिजेता र सान्त्वना स्थान हाँसिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार हात पार्नेछ । त्यस्तै बिकिनी तर्फको बिजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपबिजेता खेलाडीलाई ६० हजार र सान्त्वना बन्न सफल खेलाडीलाई ५० हजार प्रदान गरिनेछ । उक्त प्रतियोगितामा एउटा खेलाडीले एक बिद्यामा मात्र भाग लिन पाउने बताउदै उपाधिका लागि तिन चरण पार गर्नुपर्ने उहाँले बताउनुभयो । गोर्खा क्लासिक नेपालका सचिब भरत गुरुङले प्रतियोगितामा खेलाडीहरुको उचाईको आधारमा सहभागि गराईने बताउनुभयो । गुरुङले देशभरबाट अनुमानित २० बढि खेलाडीको सहभागिता रहने जानकारी दिदै दर्ता शुल्क २ हजार ५ सय निर्धारण गरिएको बताउनुभयो । कार्यक्रममा आईएफबीबी प्रो बिनिता राईको बिशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक शो समेत समाबेश गरिएको आयोजकले जनाएको छ ।




