तुर्कमेनिस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको खेलमा अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले विजयी सुरुवात गरेको हो । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३२–३०, १६–२५, २७–२५ र २६–२४ को सेटमा पराजित गर्यो । जितसँगै समूह ’बी’ को तुर्कमेनिस्तानले २ अंक जोडेको छ । अफगानिस्तानले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । अब तुर्कमेनिस्तानले दोस्रो खेलमा मंगलबार उज्वेकिस्तान र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार