राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको पहलमा पोखरा रंगशालामा साग गेम्सलाई लक्षित गरी सुद्ध पिउने पानीको ब्याबस्था हुने भएको छ । गुरुङको पहलमा पोखरा रंगशालामा ६५ हजार लिटर क्षमताका ट्याङकीमा युरोगार्डको पानी जडान भई रंगशालामा साग लक्षित हुने गरी सुद्ध पिउने पानीको ब्याबस्था हुुने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) का केही खेल पोखरामा हुने भए पछि पोखरामा आगन्तुक खेलाडी तथा खेलकुदकर्मीलाई सुद्ध पिउने पानी उपलब्ध गराउन राखेप सदस्य गुरुङको पहलमा ट्याङकी, युरोगार्ड सहितको धारा जडान हुने भएको उनले जनाए । पोखरा रंगशालामा हाल पिउने पानीको समस्या भएको अबस्थामा ६ वटा स्टिल ट्याङकी हालै हालै जडान गरिएको कार्यालय प्रमुख योगीले बताए ।
लाहुरे टे«निङ, डुंगा रेष्टुरेण्टका संचालक राजेश गुरुङ, पोखरा, इन्द्रचोक निवासि हितमान गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा सदस्य तोरण बानिया लगायतको सहयोगमा उक्त ट्याङकी जडान गरिएको राखेप सदस्य गुरुङले बताए । करिब ७ लाखको लागतमा उक्त ट्याङकीमा युरोगार्ड सहितको धारा जडान गर्ने लक्ष्य राखेको उनले जनाए । उनले भने “ पोखरा जस्तो ठाउँमा आगन्तुक खेलाडी एवं खेलकुदकर्मीलाई पिउने पानीको कुनै समस्या नहोस भनेर हामीले केही शुभेच्छुक साथीभाईहरुसंगको सहयोेगमा उक्त पिउने पानीको व्यबस्था मिलाउन लागेका हौं । ”


त्यसै गरी ठेकदार दीपक बराल, हरि न्यौपाने लगायतका व्यक्तिहरुको सहयोगमा पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको खेल मैदानमा सोलार लाईट जडान गर्ने भएको राखेप सदस्य गुरुङले जनाए । रात्रिको समयमा पनि प्रशिक्षण गर्न सहज होस भनेर आफुहरुले सोलार लाईटको ब्याबस्था मिलाउन लागेको उनले जनाए । पोखरामा हाल ह्याण्डबलको राष्ट्रिय बन्द प्रशिक्षण सुरु भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए । उक्त सोलार लाईट भएमा खेलाडीहरुलाई प्रशिक्षण गराउन धेरै मद्धत पुग्ने उनले विश्वास व्यक्त गरे ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरा रंगशालामा शान्ति सुरक्षाको लागि सीसी क्यामरा जडान गर्ने वचन दिएको राखेप सदस्य गुरुङले जनाए । उनका अनुसार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले पोखरा रंगशालामा साग लक्षित आवश्यक भौतिक पूर्वाधारमा आवश्यक सहयोग गर्ने वचन दिएकाछन्। १३ औं साग डिसेम्बर १ देखि ९ तारिखसम्म नेपालमा हुने भएको छ जस मध्य पोखरामा करिब ८ वटा खेलहरु हुने भएको छ ।
पोखरामा सागका केही खेल हुने भए पछि राखेप सदस्य गुरुङ कहिले सरसफाई त कहिले कुन खेल कहाँ गर्ने र कस्तोे प्रशिक्षण भईरहेको छ भन्दै दिनरात खटिन थालेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार