पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज पक्राउ परेकी छन् । लाहौरको कोट लखपत जेलमा बन्दी जीवन बिताइरहेका बुवा शरीफलाई भेट्न गएका बेला उनी पक्राउ परेकी हुन् । राष्ट्रिय जवाफदेही अदालतले पाकिस्तान मुस्लिम लीग नवाज (पीएमएल(एनकी उपाध्यक्ष ४५ वर्षीया मरियमलाई जेलबाट पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) का अधिकारीले भने, “हामीले मरियम नवाजलाई चौधरी सुगर मिल्स मामिलामा भ्रष्टाचार र आय स्रोतभन्दा बढी सम्पत्ति राखेको आरोपमा गिरफ्तार गरेका हौं,” । उनले मरियमलाई एनएबी मुख्यालय लगिएको पनि बताए । मरियमलाई बिहीबार सुगर मिल्स मुद्दामा एनएबी सामु हाजिर हुन सूचना पठाइएको थियो । उनी सूचनाको अवज्ञा गर्दै बुवालाई भेट्न जेल पुगेकी थिइन् । उनका बुवा नवाज शरीफ कोट लखपत जेलमा पछिल्लो केही महिनादेखि बन्दी जीवन बिताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार