गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले हालसम्म खेलकुद नबुझेका खेलकुद मन्त्रीहरु आएको हुदा नेपालको खेलकुदको विकास हुन नसकेको बताएकाछन्। गण्डकी प्रदेश क्रिकेट संघको बिषेश साधारण सभा तथा अधिवेसनको शुक्रबार पोखरामा उद्घाटन गर्दै मुख्य मन्त्री गुरुङले हाल सम्म आएका खेलकुद मन्त्रीले खेलकुद क्षेत्र नबुझेका कारण नेपालको खेलकुदको विकास हुन नसकेको आरोप लगाएका हुन्। उनले भने “संस्थागत सवलीकरण आवश्यक छ, खेलकुद खेलकुद मात्रै भनेर हुदैन, मिसल खेलकुद भनेर भनि हुदैन हाम्रो खेलकुदको निती र भिजन स्पष्ट हुनु पर्यो ।” खेलाडीहरुलाई व्यावसायीक बनाउन सके मात्र खेलकुदको विकास हुने बताउदै उनले अब विभिन्न उमेर समुहमा विभिन्न खेलकुदको एकेडेमी आवश्यक भएको बताए । उनले भने “ राम्रो खेल खेल्न सक्ने खेलाडीहरुले करोडौं कमाउन पनि सक्छन, विश्वमा उनीहरुको नाम समेत पहिचान हुन्छ । ” नेपालको खेलकुदको स्पष्ट निती आवश्यक भएको बताउदै उनले खेलकुदको निती विना नेपालको खेलकुद खस्कनुका साथै अस्त व्यस्त भएको जनाए ।


आर्मी, पुलिसबाट रिटायर भएका अधिकाशं बुडा पाकाहरु खेलकुद संघहरुमा रहेकोले खेलकुदमा अब उनीहरुलाई मुक्त बनाउनु पर्नेमा मुखय मन्त्री गुरुङको जोड छ । उनले भने “खेल संघको नाममा खेलाडी भन्दा बढी अपिसियलहरु विदेश घुम्न जाने प्रचलनलाई रोक्नु पर्छ, यसले भ्रष्टचारलाई प्रसय दिएको छ । ” क्रिकेट संघमा भएको विवाद अन्त्यको लागि सवै एक हुन आग्रह गर्दै मुख्य मन्त्री गुरुङले हरेक खेल संघहरुले अन्तराष्ट्रिय खेलसंगको सम्वन्ध सुमधुर पार्न आग्रह गरे । नेपाल क्रिकेट संघका पुर्व उपाध्यक्ष एवं गण्डकी प्रदेशका सांसद दीपक कोईरालाले नेपालमा क्रिकेट संघ निलम्वन हुदा पनि आईसिसिले क्रिकेट खेललाई मान्यता दिएको बताए । नेपालमा क्रिकेटको धेरै सम्भावना भएर आइसिसिले संघ निलम्बित हुदा पनि खेललाई मान्यता दिएको उनले जनाए । धेरै निर्वाचनमा हारे पछि पराजित भएका उमेदवारले विपक्षि उमेदवारको कमजोरीहरु संकलन गरी अदालत जाने प्रबृत्ति भएको सांसद कोइरालाले बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडीहरुलाई निर्वात रुपमा खेल्न तर्फ लगाउनु पर्ने खेलाडीहरुलाई कुनै राजनीति तर्फ लगाउन नहुने जनाए । पोखरा रंगशालामा करोडौंको लागतमा निर्माण भएका खेलकुदका भौतिक पूर्वाधार जिज्ला वा क्षेत्र कस्ले जिम्मे लिने अन्यौल हुदा निर्माण भएका भाच्ैतिक संरचनाको संक्षण नभएको उनले जनाए । साग गेम्स अन्र्तगत पोखरामा महिला क्रिकेट सहित ८ खेल हुने भएको उनले जनाए ।

क्रिकेट खेलका राष्ट्रिय प्रशिक्षक जगत टमटाले आफ्नो तागतले भ्यायसम्म क्रिकेट विकासको लागि काम गर्ने वचन दिएकाछन्। सिमित खेलाडीहरु मात्र हुदा खेलाडी उत्पादनमा कुनै जिल्लाको सक्रिएता नभएको उनले गुनासो गरे । उनले भने “क्रिकेट खेलको विकास गर्न धेरै चुनौती छ, क्रिकेट खेल्ने दोश्रो पुस्ताका खेलाडीहरु खै हामीसंग । ” नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले अब क्रिकेट खेलको विकासको लागि एक हुनुपर्ने समय आएको बताए । साग गेम्सलाई समेत मध्यनजर गरी संघको निर्वाचन सौहार्दपूर्ण रुपमा देश भरी गर्नुपर्ने संघको पहािले चुनौती रहेको उनले जनााए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार