राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवालले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको उल्लेख गर्नुभएको छ । शनिबार काठमाडौंको सिफलस्थित बालमन्दिर डोजोको ग्रेडिङ, बधाइ तथा सम्मान कार्यक्रममा उहाले बताउनुभएको हो । उहाले खेलकुदमा युवाको सहभागिता बढ्नुपर्ने भन्दै यसबाट मुलुकको समृद्धिमा सहयोग पुग्ने पनि धारणा राख्नुुभयो । उक्त बालमन्दिरमा आश्रित अनाथ बालबालिका कराँतेमा सहभागी छन् । उनीहरुलाई प्रशिक्षक सानुबाबु तामाङले दुई वर्षदेखि निःशुल्क प्रशिक्षण दिइरहेका छन् । कार्यक्रममा विभिन्न कराँते खेलाडीहरुलाई सम्मानसमेत गरिएको थियो ।




