सिरियाको विद्रोही नियन्त्रित क्षेत्रमा सरकारी पक्षले आक्रमण गर्दा १० दिनको अवधिमा २६ बालबालिका सहित १ सय ३ जनाको मृत्यु भएको छ । सिरियाको उत्तरपश्चिमी क्षेत्रबाट तीन महिनाको अवधिमा चार लाख जना विस्थापित भएका छन् । सिरियामा यस्तो नाजुक स्थिति आउँदा पनि अन्तर्राष्ट्रिय जगत चूपचाप बसेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार संस्थाका प्रमुख मिशेल बेचलेटले दुःख व्यक्त गरेकी छन् । विषेशगरी इड्लीब र अलेप्पो, हामा र लाताकिया प्रान्तका केही भागहरुमा युद्धको प्रभाव बढी परेको छ । झण्डै दुई तिहाई जनसंख्या आफू बसेको ठाउँबाट विस्थापित भएका छन् । विगत आठ वर्षदेखि सिरियामा गृहयुद्ध जारी छ । यस क्षेत्रमा विद्रोहीको नेतृत्व जिहादी गठबन्धनका हायात ताहिर अल शामले गरेका छन् । उनी यसअघि अलकायदामा आवद्ध थिए । इदलिब शहरका साथै उत्तरी हमा र पश्चिमी अलेप्पो विद्रोहीहरुका अन्तिम गढ हुन् । २९ अप्रिलदेखि हिंसा भड्किएपछि ३५० जना आम सर्वसाधारणको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघले जनाएको छ । मृतकको संख्या अझै बढ्ने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार