नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को आयोजना भएको पहिलो संस्करणको राष्ट्रिय ग्योरिगी तथा पुम्से तेक्वान्दो प्रतियोगीतामा प्रदेश तीन पहिलो भएको छ । कवर्ड हल सातदोवाटोमा भएको प्रतियोगीतामा ८ स्वर्ण, ५ रजत र सात कास्य सहित प्रदेश तीन प्रहिलो भएको हो । त्यस्तै ५ स्वर्ण, ६ रजत र ३ कास्यसहित प्रदेश दुई दोश्रो भयो भने ३ स्वर्ण, ४ रजत र ४ कास्यसहित प्रदेश सात तृतीय भयो । त्यस्तै प्रतियोगीतामा पुरुषतर्फ प्रदेश २ का बिक्रान्त डंगोल उत्कृट खेलाडी घोषित भए भने महिला तर्फ प्रदेश ३ का सुस्मीता तामाङ उत्कृष्ठ खेलाडी घोषित भइन् । बिजयी टिम र खेलाडीहरुलाई प्रहरी महानिरिक्षक सवेन्द्र खनाल र तेक्वान्दो सङ्घ प्रदेश नं ३ का अध्यक्ष केशव पुरीले पुरस्कार प्रदान गरे । दुईदिने प्रतियोगीतामा ग्योरीगीतर्फ नौ पुरुष र सात महिला तथा पुम्सेतर्फ हरेक प्रदेशका तीन महिला तीन पुरुष गरी कूल १५४ खेलाडी सहभागी थिए ।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको धारणा राख्नुभयो । नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ््नुपर्नेमा जोड दिनुभयो । विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राख्नुभयो ।





