नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेवाताल संरक्षणमा आफु लाग्ने बताएकाछन्। पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालको किनारामा आज (विहिबार) देखि सुरु भएको राष्ट्रिय बिच भलिवल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले फेवाताल सहित यहाँका तालहरुको संरक्षण पर्यटन व्यवसायीको प्रबद्र्धनको मुख्य आधार र सर्त भएको उल्लेख गर्दै फेवाताल संरक्षण तथा संबद्र्धनमा आफु लाग्ने बताएका हुन् ।

उनले भने “ फेवातालको बारेमा आज धेरै चर्चा भयो, प्रदेश सांसद राजिव पहारी पनि यसमा लाग्नु भएको रैछ, म पोखराबाट फर्किए पछि प्रधानमन्त्री र पर्यटन मन्त्रालयमा म सिधै गएर फेवातालको बारेमा जानकारी गराउछु, यसको संरक्षण तथा संबद्र्धनमा म कस्केली भएको नाताले पुरै लाग्छु । ” रुपातालमा परेको करिब ५ अर्बको बजेट फेवातालमा भने नपरेको हुदा अचम्मित हुदै उनले पोखराको फेवाताल पछि रुपातालमा पनि पर्ने उक्त बजेट कसरी यस्तो भयो भन्दै बल्ल आजै आफलाई थाहा भएको जनाए । उनले भने “ म दोश्रो पटक प्रधानमन्त्री हुदा तालको विकासको लागि रकम छुट्याउने चाहि गरियो तर अहिले फर्कियर हेर्दा रकम धेरै जसो रुपा तालतिर गएछ भन्ने कुरा यहाँ आयर मलाई थाहा भयो । ” सवै भन्दा धेरै रकम फेवाताललाई हुनु पर्ने अनि रुपा ताललाई पनि हुनु पर्ने बतााएका प्रचण्डले यहाँका तालहरको संरक्षण पर्यटन व्यवसायीको प्रबद्र्धन मुख्य आधार र सर्त भएको जनाए ।


यहाँका तालहरुको संरक्षणमा अधिकार सम्पन्न प्राधिकरण बनायर संघ, प्रदेश र स्थानियले के कति काम गर्ने ठोस परिभाषा सहित लगानी गरेर संरक्षण सबद्र्धन गर्नुपर्ने अध्यक्ष प्रचण्डले जनाए । पोखरामा बृहत विकासको लागि पोखरा चक्रपथ निर्माण गर्नुपर्ने उनले बताए । त्यसको लागि पनि आफुले पहल गर्ने उनले जनाए । कास्की जिल्ला भलिवल संघको आयोजनमा यही असार ७ गतेसम्म चल्ने छैठौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिवल प्रतियोगितामा महिला तर्फ १४ र पुरुष तर्फ १७ टिमको सहभागिता रहेको संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बताए । खेलकुदले राष्ट्रिय एकता, राष्ट्रिय स्वाधिनतालाई सुदृण गर्नु स्वस्थ्य नागरिक उत्पादन गर्ने प्रकृया सुनिश्चित गर्नु आर्थिक कृयाकलाप र समृद्ध नेपाल निर्माणको एउटा महान अभियानको आधार खडा गर्ने भएको अध्यक्ष प्रचण्डले बताए । भलिवल सहितको खेलको विकासको लागि सरकारले उचित रकम विनियोजन गर्नुपर्ने उनले बताए ।

बिच भलिवल खेलको विकास गराउने उद्धेश्यले फेवातालको किनारमा कृतिम बिच भलिवल कोर्ट निर्माण गरी उक्त प्रतियोगिता भएको हो । प्रतियोगितामा उत्कृष्ट महिला तथा पुरुष तर्फका ३/३ टीमका ६ जनालाई बन्द प्रशिक्षणमा राखेर साग खेलको लागि अन्तिम २/२ टिमका ४/४ जना खेलाडीहरु छनौट गरिने भएको नेपाल भिलवल संघका केन्द्रिय उपाध्यक्ष यम बहादुर गुरुङले बताए । उक्त अवसरमा भलिवल खेलको विकासमा सहयोग गरेको भन्दै संघले गण्डकी प्रदेशका सांसद राजिव पहारी, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश पोखरा कार्यालयका बरिष्ठ अधिकृत सुर्य थपलियालाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा तीन विभागिय (नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी वलको एपिएफ) सहितका सातै प्रदेशबाट खेलाडीहरु सहभागि भएकाछन्। प्रतियोगितामा महिला तथा पुरुष विजेता टिमलाई ३०/३० हजार, उपविजेता टिमलाई २०/२० हजार र तेश्रो हुनेलाई १०/१० हजार पुरस्कार प्रदान गनिरे भएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब २२ लाख खर्च लाग्ने संघले जनाएको छ ।




